बुटवल,१८ मंसिर ।
कामना सेवा बैंकको २६ औं शाखारहित सेवा रूपन्देहीको तिलोत्तमामा पनि सुरु गरेको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचनको र उक्त वडाका वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले आइतबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने उदेश्यले तिलोत्तमा न.पा. वडा नं.३ स्थित न्यू पाल्पाली जनरल स्टोर्सका प्रोप्राइटए मुना घिमिरेलाई वि एल वि एजेन्ट तोकि आफ्नो २६ औ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।
उदघाटन कार्यक्रम बैंकका सञ्चालक भिम प्रसाद तुलाचनको अध्यक्षता, उक्त वडाका वडा अध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख आतित्थता तथा बैंकका क्षेत्रिय प्रमुख मोहनदत्त खनालकाे स्वागत वुटवल कलस्टर हेड सुन्दर प्रसाद घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ अगाडी बढेको बैंकले देशभरी छरिएर रहेका १३४ शाखा, २६ एटिएम १ एक्सटेन्सन काउन्टर तथा ७७ शाखारहित बैंकिङ्ग सेवा दिइरहेको बैंकले जनाएको छ ।