चितवन,११ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । अहिले ८० वटा भोटिङ मेसिनबाट संकलित मतपरिणाम सार्वजनिक भएको हो ।
सो मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ डा. स्वर्णिम वाग्लेले सबैभन्दा धेरै २६०७ मत ल्याएका छन् भने दाेस्राेमा सोविता गौतमले २५९४ ल्याएकी छिन् । शिशिर खनालले २४९५ ल्याउँदा तोशिमा कार्कीले २२५७ मत ल्याइन् । त्यस्तै मनिष झाले २२३७ मत ल्याए भने कविन्द्र बुर्लाकोटीले २१८४ मत प्राप्त गरेका छन् । विपिनकुमार आचार्यले २१२६ प्राप्त गरेका छन् भने विराजभक्त श्रेष्ठले २०९४ मत प्राप्त गरेका छन् ।
गणेश पराजुलीले २०४५,राजुनाथ पाण्डेले १८१२,क्रान्तिशिखा धितालले १४८९, शंकर श्रेष्ठले १४८४ र अनुष्का श्रेष्ठले १३५३ प्राप्त गरेका छन् ।
यसपछि प्रवासबाट प्राप्त गरेको मत परिणाम पनि सार्वजनिक गरिनेछ । ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।






