चितवन,१२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
चितवनमा जारी रास्वपाकाे प्रथम महाधिवेशनअन्तर्गत दाधिकारी चयनका लागि तय गरिएको निर्वाचनमा पुरुषतर्फको उपसभापति पदमा डा. वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित केन्द्रीय सदस्य डा. वाग्लेको प्रस्तावकमा सोही पदका आकांक्षी एवं नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ रहेका थिए । वाग्लेले पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए । उनले २६५६ मत प्राप्त गरेका थिए ।





