स्याङ्जा १७ मंसिर
स्याङ्जाको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।

गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अगाडि छन् । गुरुङले २९ हजार ५ सय ६६ र अर्यालले २३ हजार ५९१ मत प्राप्त गरेका छन् । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ ।

चापाकोट नगरपालिकाको वडा नं– ८,९ र १० मात्र गणना हुँन बाँकी रहेको छ । स्याङजा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।