स्याङ्जा,१६ मंसिर ।
स्याङ्जा क्षेत्र न २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १३१२ मतको अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार गुरूङले १७ हजार २२१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी पद्मा अर्यालले १५ हजार ९०९ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार ३३७ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा सदस्य तर्फ क्षेत्र नं (२) मा नेपाली कांग्रेसका
महेश भट्टराई ४ हजार ४४० मत प्राप्त गरेका छन् भने
एमालेका बुद्धिमान श्रेष्ठले ५ हजार ५०५ मत प्राप्त गरेर अग्रता लिएका छन् ।






