स्याङ्जा,१६ मंसिर ।
स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
एमालेकी पद्मा अर्याललाई २ हजार ३२४ मतले पछाडि पार्दै गुरुङले सुरुवाती अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मत परिणाम कांग्रेसका धनराज गुरुङको १२ हजार ९५१ र एमालेकी पद्माकुमारी अर्यालको १० हजार ६२७ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ६७६ मत प्राप्त गरेका छन् ।