स्याङ्जा,१५ मंसिर ।
स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार गुरुङ दुई हजार छ मतले अघि छन् । गुरुङले सात हजार चार सय ७६ मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा अर्यालले पाँच हजार चार सय ७० मत ल्याएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार एक सय ५३ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश सभा (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइ रहेका छन् । अर्यालले आठ हजार दुई सय ५१ मत प्राप्त गर्दा एमालेका मोहन रेग्मीले छ हजार एक सय ७० मत प्राप्त गरेका छन् ।