स्याङ्जा,१५ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं २ काे मत गणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ६५४ मतकाे अग्रता लिएका छन्
पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले ३ हजार ९०१ मत पाउदा एमालेकी सचिव समेत रहेकी पद्मा अर्यालको ३ हजार २४७ मत प्राप्त गरेकी छन् । सुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिएकी अर्याल अहिले पछि परेकी छन् ।
स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ ।
यस्तै, स्याङ्जा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । स्याङ्जा-२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।






