काठमाण्डौ,६ मंसिर ।
फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

आज लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा १–० ले पछि रहेको अवस्थामा साउदीले दोस्रो हाफमा २ गोल फर्कायो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गोल गरे । यो हारसँगै अर्जेन्टिनाको लगातार ३६ खेलको अपराजित यात्रामा ’ब्रेक’ लागेको छ ।

यो जितसँगै साउदी अरेबिया तीन अङ्कसहित समूह ’सी’ को शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिना भने पुछारमा छ ।