भैरहवा,४ मंसिर ।
रुपन्देहीको भैरहवामा निर्वाचन प्रभावित पार्न पैशा बाढ्दै गर्दा राप्रपाका कार्यकर्ता प्रक्राउ परेका छन् ।
गयराती सिद्धार्थनगर नगरनगरपालीका बडां १० दोगरीमा स्थानीय मतदातालाई पैशा बाढ्दै गर्दा राप्रपा, एमाले र जसपा सयुुत्त निर्वाचन परिचालन कमीटीका भोला कोहीरी र बिनोद कुमार पाण्डे पक्राउ परेका हुन ।

उनिहरुको साथबाट ६७ हजार नगद र १५ हजारको चेक तथा पार्टीका कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरिक्षक बेद प्रसाद पौडेलले जानकारी दिए । उनिहरु चेकजाँचको क्रममा पक्राउ परेको र प्रारम्भीक बयानमा राप्रपाको पार्टी कार्यालयबाट पैसा लिएर गएको बयान दिएका छन् ।

पक्राउ परेका पाण्डेलाई राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताव राणाले निरन्तर फोन गर्दै घटना मिलाउन दवाव दिईरहेको स्रोतले बताएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।