बुटवल,३० कार्तिक ।
रुपन्देही क्षेत्रन.२ का उम्मेदवार केशव बहादुर थापा सुर्यवंशीले
देशमा कृषि क्रान्ती जरुरी रहेको बताएका छन् ।

मुलुकलाई राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउन लाेकतान्त्रिक बाम गठवन्धन बनेको भन्दै उनलेे संविधान र लाेकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठवन्धनका उम्मेदवारलाई जिताउनुपर्नुेमा जाेड दिए ।
बुधबार रूपन्देहीको सैनामैनामा आयाेजित घरदैलो तथा काेणसभालाई सम्बनेधन गर्दै सत्ता गठवन्धनका साझ उम्मेदवार थापा सूर्यवंशीले यसअघिको ओलिको सरकारले देशलाइ दुर्घटनामा लैजान गरेको प्रयास गठवन्धनले राेक्न सफल भएको एमाले नेतृत्वको प्रतिगामी गठवन्धनलाई मत दिए मुलुक पुनः दुर्घटनामा जाने बताए ।

कृषकलाई थप उर्जा दिन मुलुकमा नया संकल्प साथ अगाडि बढ्नुपर्ने र देशलाइ औधोगिकरणको युगमा प्रवेश गराउन आफुहरु प्रतिबद्ध रहेको थापाले बताए ।
आशन्न निर्वाचनमा लाेकतान्त्रिक बाम गठबन्धनको बहुमत आउने बताउदै रूपन्देहीको विकास र समृद्विका लागि गठवन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको उल्लेख गरे ।

सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्वता गरेर यस क्षेत्रबाट पटकपटक चुनाव जितेका जनप्रतिनिधिले फेरि उहीँ मुद्वा बाेकेर मत माग्न आएको भन्दै उनलेे झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदा लालपुर्जा दिन नसक्नेले अब पनि दिन नसक्ने दाबी गरे ।
सुकुम्बासी समस्या सधैको लागि सामाधन गर्ने आफुहरुकाे प्रतिबद्धता रहेको बतउदै उनलेे फेरि पनि कुनै समस्या नहोस भनेर बृहत योजनाका साथ अगाडि बढ्ने बताए ।

खाडी मुलुकमा असुरक्षित तबरले युवाहरुलाइ वैदेशिक रोजगारमा जानदिने भन्दा पनि यसलाइ युवाहरूलाई स्वदेशमै राेजगनरीकाे ब्यवस्था मिलाउने प्रतिवद्वता ब्यक्त गरे ।