काठमाण्डाै,२३ कार्तिक । १५ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल शीर्ष स्थानमा पुगेको छ । गातार तीन वटा खेल जित्दै नेपाल नाै अंकसहित शीर्ष स्थानमा पुगेकाे हाे ।
बङ्गलादेशको ढाकामा बुधवार भएको खेलमा भुटानलाई एक–शून्य गोलले हराउँदै नेपालले शीर्ष स्थानमा रहेर फाइनल खेल्ने पक्का गरेको हो । आज नेपालको जितमा सेनु परियारले ४९ औँ मिनेटमा गोल गरिन् ।

नेपालले यसअघि भुटानलाई सात–शून्य र बङ्गलादेशलाई एक–शून्य गोलले हराएको थियो । भुटानले चार वटै खेल हारेको छ भने बङ्गलादेशको ६ अङ्क रहेको छ ।

अब नेपालले उपाधिका लागि पर्सि शुक्रवार बङ्गलादेशसँग खेल्नेछ ।