बुटवल,२३ कार्तिक ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलकाे शाखा कार्यालय ताेडफाेड भएको छ ।
आफुले बचत गरेको रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले कार्यालय ताेडफाेड गरेका हुन् ।
आर्थिक काराेबार बिग्रिएकाे सहकारीले आजदेखि बचतकर्ताहरूकाे रकम फिर्ता गर्ने सुचना जारी गरेको थियो ।
सहकारीले १० लाखसम्म बचत गरेका बचतकर्तालाई हप्तामा दुई दिन १० हजार र ५ लाखसम्म बचत भएका बचतकर्तालाई हप्तामा दुई दिन ५ हजार निकासा दिने बताएपछि आक्राेसित बचतकर्ताहरूले आज बिहान कार्यालय खुले लगत्तै ताेडफाेड गरेका हुन् ।
ताेडफाेडपछि अहिले कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।






