काठमाण्डाै,१६ कार्तिक । टि–२० विश्वकप क्रिकेटमा आज आज भारत र बंगलादेश तथा नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुदै छ ।

सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेल बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच हुनेछ ।
आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खेलमा समान ४ अंक भए पनि रनरेटका आधारमा भारत दोस्रो र बंगलादेश तेस्रो स्थानमा छ । समूह ‘२’ मा ३ खेलमा ५ अंकका साथ दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । यो समूहमा रहेको पाकिस्तान तीन खेलमा २ अंकका साथ पाँचौ स्थानमा छ ।

जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोड्न सकेको छैन ।

अंक तालिकामा जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा रहेको छ ।