फाइल तस्बिर

कास्की,१५ कार्तिक ।
काैडा खेलिरहेकाे अवस्थामा पोखरामा ५ लाख रुपैयाँसहित
२३ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका-३० शिसुवामा काैडा खेलिरहेकाे अवस्थामा २३ जना पक्राउ परेका हुन् ।

स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेकाे अवस्थामा
इलाका प्रहरी कार्यालय शिसुवाले उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित पक्राउ गरेकाे हाे ।

उनीहरुबाट एक सेट कौडा पनि बरामद गरिएकाे कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धानकाे प्रक्रिया अगाडि बढाइएकाे तिवारीले बताए ।