बाँके,१३ कार्तिक ।
नेपालगञ्जको एक चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आगलागीबाट धनमालमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । नेपालगञ्ज–५ रामनगराम राजनकुमार नागको घरमा रहेको मो आरिफ अन्सारीको चुराको गोदाममा आइतबार बिहान करिब ५ः४० बजे एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
अन्सारीले गोदामका लागि भाडामा लिएको सो घरमा आगलागी हुँदा गम्भीर घाइते भएर उपचारका लागि भेरी अस्पताल पु¥याइएका बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समीर वलीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
घाइते गोदाम सञ्चालक आरिफ अन्सारीको भेरी अस्पतालमा उपचार इरहेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।






