कास्की,३ असोज ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो प्रतियोगितामा महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक जितेको छ ।
विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले हराउँदै लुम्बिनीले स्वर्ण जितेको हो ।

पुरुषतर्फ भने नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ ।

आज बिहीवार पोखरा रङ्गशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई १४–१० को अङ्कले हराउँदै विभागीय टिमले स्वर्ण हात पारेको हो ।

राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बाग्मती प्रदेशले रजत पदक हात पारेका छन् ।

पोखरा रङ्गशालाको ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिमले कास्य पदक जितेको छ । पुरुषतर्फ प्रदेश १ लाई हराउँदै बाग्मती प्रदेशले कास्य पदक जितेको छ ।

गएको असोज ३० देखि सुरु भएको प्रतियोगितामा दुई विभागीयसहित नौ टिम सहभागी थिए ।