बुटवल, २ कार्तिक ।
बुटवल–८ मा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको अवसर पारेर बुटवल ७ मा रहेको निलकण्ठ बावा धाममा रहेका ७२ जना बटुकलाई विभिन्न प्रकारका खाद्यान्न सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले बुधवार बुटवल ७ मा रहेको निलकण्ठ बावा धाममा रहेका ७२ जना बटुकलाई विभिन्न प्रकारका खाद्यान्य सहयोग गरेको हो ।
सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको नेतृत्वमा गएको सहकारीको टोलीले निलकण्ठ बावा धामकी संरक्षक देवमाया भटृराई, धामका उपाध्यक्ष चुरामणी पौडेललाई खाद्यान्न हस्तान्तरण गरेको सहकारीका सचिव कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिए ।
धामलाई १७ हजार मुल्य बराबरको खाद्यान्न प्रदान गरिएको अध्यक्ष क्षेत्रीले बताए ।
सहकारीले विहिवार सहकारीको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहान साढे सात वजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा सहभागिताका लागि शेयर सदस्य तथा आम नागरिकहरुमा सहकारीले आह्वान गरेको छ ।
त्यस्तै सहकारीले मुलुकमा शान्ति सुरक्षा अमनचैनमा अझै सफलता मिलोस र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कुनै अप्रीय घटना विना शान्तिपूर्वक सम्पन्न होस भन्दै शुक्रवार दीपावली गर्ने कार्यक्रम तय गरेको सचिव ज्ञवालीले बताए ।






