कास्की,३१ असोज ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स डिस्कस थ्रो इभेन्टमालुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । आज सोमवार पोखरामा भएको खेलमा इभेन्टको पुरुषतर्फ लुम्बिनीकी संगीता अधिकारी र आर्मीका चित्रबहादुर वलीले स्वर्ण पदक जितेका हुन् ।

अधिकारीले ३५ दशमलव १० मिटर र वलीले ३८ दशमलव ४८ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । पुरुषतर्फ नेपाल पुलिसका पुष्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले कास्य पदक जिते । खड्काले ३१ दशमलव ७५ मिटर र पालले ३१ दशमलव १० मिटर थ्रो गरे ।
एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३ दशमलव ६० मिटर थ्रो गरिन् । त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२ दशमलव ३५ मिट
महिलातर्फ सशस्त्र प्रहरी बल र थ्रो गर्दै कास्य पदक जितिन् ।