नवलपुर,२१ असाेज । लगातारको बर्षासँगै नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको विनयीत्रवेणी गाउँपालिका–१ बगुवनमा ७५ घर डुबानमा परेका छन् ।
बाढीले डुबानमा परेका स्थानीयलाई त्रिवेणीस्थित विद्यालयमा राखिएको छ ।
स्थानीय बासिन्दा र त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयको सहयोगमा डुबान क्षेत्रमा रहेका बासिन्दा र लत्ता कपडा, अन्नपात सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१० को सेहरी, नन्दपुर क्षेत्रमा पनि २० भन्दा बढी घर जलमग्न भएका छन् । नारायणी नदीको पानी बस्तीमा पसेपछि जलमग्न भएको हो । वर्षाका कारण पूर्वपश्चिम राजमार्ग पनि जलमग्न भएको छ । आकासे पानीको निकास र ढल नहुँदा राजमार्ग जलमग्न भएको स्थानीयकाे भनाइ छ ।









