बुटवल,१३ असोज ।
चाडपर्वको समयमा हुने सवारी दुर्घटना रोक्न गम्भिर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालीले बुटवलमा आयोजना गरेको बिजया दशमी,शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वको बेला सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्नेमा जोड दिएका हुन् ।
चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रुको चाप हुने भएकाले दुर्घटनाको जोखिम बढि हुने भन्दै उनिहरुले दुर्घटना रोक्न सबै पक्ष सचेत हुनु पर्ने बताए ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले दुर्घटना न्यूनिकरणको लागि नै प्रहरीले नियमित रुपमा सवारी साधनको चेकजाँच गरिरहने बताउदै चेकजाँचलाई अन्यथा रुपमा लिन नहुने बताए ।
चार्डपर्वको समयमा बढि सवारी दुर्घटना हुने गरेकाले यसलाई रोक्न प्रहरीले नियमित रुपमा चेकिङ्ग गरिहेको दाबी गर्दै उनले प्रहरीको नियमित चेकिङलाई यातायात ब्यवसायीले अन्याथा लिन नहुने धारणा राखे ।
प्रहरी उपरिक्ष थापाले बताउँदै दुख दिने गरी वा नियत खराबले चेकजाँच गरेको भए उजुरी दिन समेत आग्रह गरे ।
सवारी नियम नियम पालना गरे दुर्घटना न्युनिकरण हुने भन्दै उनले मापसे चेकिङ् गर्दै आएको प्रहरीले अब लागु पदार्थ सेवन गरे नगरेको पनि परिक्षण सुरु भएको जानकारी दिए ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालीका अध्यक्ष दधि खरेलले सवारी दुर्घटना न्यूनिकरणको लागि सबै पक्षको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । सवारीको अवस्थालाई हरेर सवारी दुर्घटनाको दोष दिए पनि सडकको दुरावस्था सुधारको लागि राज्यले ध्यान नदिएको गुनाशो गरे । सवारी दुर्घटना रोक्नको लागि ट्राफिक नियमको पालनासँगै सडकको अवस्था सुधार हुन अवाश्यकता रहेको खरेलको भनाई थियो ।
बुटवल उपमहनगरपालिका वडा नं. ४ का वडाध्यक्ष नरिश्वर पौडेलले सवारी दुर्घटना रोक्न ट्राफिक नियमको पालना जरुरी रहेको बताए ।
बुटवलमा सवारीको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको उनको भनाई थियो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले चाडपर्वमा अपराधिक क्रियाकलाप रोक्नको लागि एकिकृत सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको बताए ।
उनले ४० प्रतिशत प्रहरी जनशक्त थप गरेर पर्वमा सुरक्षा प्रदान गरिने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखेरेलले सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुन आवश्यक रहेकोमा जोड दिए ।






