बुटवल,१३ असोज ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ,रुपन्देही जिल्ला कार्यसमितिको आयोजना र नेको ईन्सोरेन्स कम्पनी लि.,लुम्बिनी प्रदेशको प्रायोजनमा आज बुटवलमा बीमा सम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा विजया दशमी,दीपावली,नेपाल सम्बत,छठ र ईद पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

महासंघका जिल्ला अध्यक्ष धु्रबकुमार धितालको अध्यक्षता र महासंघका प्रदेश समिति अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष नेत्रप्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्याक्रममा नेको इन्सोरेन्सका लुम्बिनी प्रदेशका प्रवन्धक रमेश थापाले बीमाको बिषयमा अभिमुखीकरण गरेका थिए ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्यत्रय कन्हेयालाल कशौधन,वशन्त रोक्का क्षेत्री र प्रदीपप्रसाद उदय,सल्लाहकारद्धय नवराज क्षेष्ठ,जिवनारायण अधिकारी, प्रदेश वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी,महासंघका जिल्ला सचिव दीपक खनाल,महासंघका नगर अध्यक्ष राम प्रसाद खनाल लगायतले बीमा गर्न सजिलो र क्षति व्यवस्थापन झन्झटिलो भएकाले यसलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

आपसी समझदारीमा बीमा गर्दा कम्पनीका कर्मचारीको ब्यवहार राम्रो हुने तर क्षतिपूर्ति समाधानको अवस्थामा कर्मचारीको ब्यवहार राम्रो नहुने गरेको भन्दै उनिहरुले बीमा कम्पनीको ब्यवहार सच्याउन जरुरी रहेको बताए ।

बीमा कम्पनीप्रति आम जनताले अझै विश्वास आर्जन गर्न नसकेको भन्दै उनिहरुले जोखिम बहन कार्य सहज बनाएमात्रै बीमा प्रति जनविश्वास आर्जन हुनसक्ने धारणा राखे ।

उद्योगि ब्यवसायीहरुको जिज्ञासाको जवाफ दिदै इन्सोरेन्सका प्रवन्धक थापाले बीमा बीमीत र कम्पनीबीचको सम्झौता भएको भन्दै बीमा गर्ने क्रममा सम्झौता पत्र राम्रोसँग अध्ययन गर्नुपर्ने बताए ।

बीमा कम्पनीले के कस्ता जोखिम बहन गर्ने भन्ने बिषयमा सम्झौता पत्रमा उल्लेख हुने भन्दै उनले सम्झौता पत्रमा उल्लेख भएभन्दा बाहिर गएर जोखिम बहन गर्न नसकिने उल्लेख गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष मञ्जु भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम महासचिव देवानन्द पाण्डेको सञ्चालनमा सम्पन्न भएको महासंघ लुम्बिनी प्रदेश कार्यालयका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराइले जानकारी दिए ।

कार्यक्रममा महासंघका पालिका अध्यक्षहरु लगायत ५५ जना उद्यमीहरुको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत भट्टराइले बताए ।