बुटवल,१० असोज ।
पुर्ब उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेलले सहकारीमा संकलन भएको पुंजीलाई राज्यले बिकाशमा लगाउन आबस्यक रहेको बताएका छन् ।
सोमबार बुटवलमा आयोजित दिर्घकालीन सहकारीको १२ औ साधारण सभाको उद्धघाटन गदै पौडेलले सो कुरा बताएका हुन् ।
देशभरमा सहकारी मार्फत संकलन भएको साना साना पुंजीबाट आफुलाई परेको बेलामा सहयोग पाउने र भबीष्यको लागी संकलन गरेका पुंजीलाई राजयले परीचालन गरी बिकाश र सम्बृद्धीमा सदुपयोग गर्नुपर्ने उनको भनाई छ ।
सहकारी संस्था आफैमा समाजबादको गोरेटो कोर्न सक्षम रहेको भन्दै पौडेलले सहकारीमार्फत संकलन भएका रकमहरु उत्पादनशिल क्षेत्रमा प्रयोग हुंदा मात्र नागरीकको जिबनस्तर माथी उठ्न सक्ने बताए ।
यस क्षेत्रको जनप्रतीनीधीका नाताले आफुले बुटवलको ऐतीहासीकता लाई बचाउदै आधुनीक शहरको रुपमा बिकाश गर्ने गुरुयोजना निर्मााण भएको बताउदै उनले आगामी दिनमा रुपन्देही उन्नत शहरका रुपमा विकास हुने दाबी गरे ।
कार्यक्रममा लुम्बिीनी प्रदेश सरकारका पुर्ब स्वास्थ्य मन्त्री भोजप्रशाद श्रेष्ठले बटौलीको ईतीहास र जितगढी किल्लाले नेपालको स्वाभीमानलाई जोगाउन सफल भएको भन्दै यसको बिकाश र संरक्षणमा आफुहरु लागेको बताए ।
जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्राई, संस्थाका अध्यक्ष हिक बहादुर दर्लामी,संस्थाका सल्लाहकार राजकुमार श्रेष्ठ,जनप्रतीनीधी गंगा घिमीरे, मणीमुकुन्दसेन उधान पार्कका खेम लुईटेल, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम संस्थाका अधयक्ष हिक बहादुर दर्लाको अध्यक्षता टिकाराम शर्माको स्वागत तथा गौतमलाल शाक्यको संचालनमा सम्पन्न भएको हो ।






