बुटवल,८ असाेज । आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

भोलि र पर्सि कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ