बुटवल,६ असाेज । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका केही ठाउँमा भने राति मात्रै ठूलो वर्षाको अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशमा भोलि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

केही दिनयता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा लगातार पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले भने लुम्बिनी प्रदेशसहित देशका धेरै ठाउँमा घाम लागेको छ।