बुटवल,४ असाेज । आज लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने राति यी दुई प्रदेशसहित गण्डकीका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ । लुम्बिनी
गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यहाँ बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।









