बुटवल,३१ भदौ ।
फेवा बचत तथा ऋण सहकारी संस्था बुटवलको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष प्रेम गुरुङ्गको अध्यक्षता लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकारमा पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले सहकारीहरुमा पछिल्लो समयमा विकृति बढ्दै गएको भन्दै यसलाई रोक्नुपर्ने बताए । केही समय यता विभिन्न सञ्चारमाध्यममा सहकारीको कारोडौ रकम उठाएर सञ्चालक भाग्ने गरेको खबरहरु सार्वजनिक भएको भन्दै उनले सञ्चालक समितिलाई शेयर सदस्यलेहरुले नियमित रुपमा निगरानी गरिरहनुपर्ने बताए ।
सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई उत्पादन तथा उद्यमशीलतामा जोड्नुपर्ने उल्लेख गर्दै उनले सहकारी सदस्यहरुविच सामुहिक एकताको भाव रहनुपर्नेमा जोड दिए ।
प्रदेशमा सहकारी बोर्ड स्थापना पश्चात हाल सहकारी दर्ता तथा नियमनका काम जारी रहेको भन्दै उनले स्थानीय तह, प्रदेश सरकार संघीय सरकारका विचमा सहकारीको नियमनका लागि सामुहिक पहल आवश्यक रहेको बताए ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार यम बहादुर तरामी मगर, पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद अर्याल,पुर्व अध्यक्ष तथा सल्लाहकार मधुवाला तरामी मगर सहित राष्ट्रिय सहकारी बैंक बुटवलका अधिकृत नारायण बेल्बासे, शेयर सदस्य गंगा गुरुङ्ग,नेप्सुन बुटवलका छम बहदुर जैसी, एकता सहकारीका लोकहरी पाण्डे, लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा लेखा समिति संयोजक हेम बहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नुमकली राहादीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।
सहकारीका अध्यक्ष पे्रेम बहादुर गुरुङ्गले पञ्च बर्षिय रणनीति अनुसार आगामी बर्ष बचत लाई ५८ करोड पु¥याउने लक्ष्य रहेको बताएका थिए । सहकारीले हाल सम्म ४० करोड, ७० लाख ६५ हजार ८ सय ६ रुपैयाँको कुल पुँजी संकल गर्न सफल भएको छ भने शेयर पुँजीमा ४ करोड ३८ लाख १४ हजार ९ सय, निक्षेप तर्फ २ करोड ३७ लाख ५१ हजार १ सय ७३ रुपैयाँ संकलन गरेको छ । यस्तै कर्जा तर्फ ३२ करोड ७१ लाख ५८ हजार ३ सय ७४ रुपैयाँ लगानी गरेको छ भनने कुल आम्दानी ५ करोड ६० लाख २ सय ९८ रुपैयाँ गरेको छ ।






