दाङ, ३१ भदौ ।
दाङको तुलसीपुर बजार क्षेत्रमा चोरी गरेको आरोपमा २४ जना पक्राउ परेका छन् ।
चोरी आरोपमा एकै साथ धेरै जना पक्राउ परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्ष भरिएको प्रहरीले जनाएको छ ।
केही दिनको अन्तररालमा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ले जानकारी दिए ।
थुनुवा कक्षा सानो भएको र एकै साथ २४ जना पक्राउ परेपछि राख्ने ठाउँकै समस्या भइरहेको उनले बताए ।
पक्राउ पर्नेहरुमा कुखुरा चोरदेखि सुन चोरसम्मका रहेको पाइएको मल्ले जानकारी दिए ।
चाड पर्वको समयमा बिगतमा पनि तुलसीपुरमा बिभिन्न खाले चोरीका घटना हुने गरेका थिए ।
यसपटक त्यस्तो हुन नदिन प्रहरीले पहिलेदेखि नै तयारी थालेको इलाका प्रहरी कार्यालय तुलसीपूरले जनाएको छ ।






