बुटवल,३० भदौ ।
चेक बाउन्सको मुद्धाबाट जोगिन पिडित बिरुद्ध उल्टै किर्ते मुद्धा दिएर थप पिडित बनाएको एक पिडितले गुनासो गरेका छन् ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८ विसनपुरका अहमद् अब्दुल रउफलेदाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर २ का सुर्जे बहादुर गुरुङ्गलाई दिएको रकम १४ लाख २५ हजार रुपैयाँको चेक बाउन्सको मुद्धा चलेपछि रउफले उल्टै गुरुङ बिरुद्ध किर्तेमा मुद्धा दिएर थप पिडित बनाएको गुरुङको गुनासो छ ।

गुरुङले पटक पटक गरेर रउफलाई दिएको १४ लाख २५ हजार रुपैयाँ दिएको र रउफले उक्त रकमको चेक दिए पनि रउफको नाउमा रहेको कृषि विकास बैंकंको खातामा रकम नभएपछि चेक बाउन्स भएको गुरुङले बताए ।
पिडीत गुरुङ्गले रउफलाई रकम दिएपनि उनले रकम नभएको चेक दिएको कारण अदालती प्रक्रियामा जानुपर्दा रकम पाउन ढिलाई हुनुका साथै उल्टै आफु बिरुद्ध किर्तेमा मुद्धा दिएर थप पिडित बनाएको गुनासो गरे ।
चेक नसाटिएपछि पटक पटक फोन सम्पर्कमा रकम दिने आश्वासन दिए पनि रउफले रकम नदिएपछि चेक बाउन्सको मुद्धा चलेको उनले बताए ।
रउफले दिएको कृषि विकास बैंकको चेक गुरुङले कर्णाली विकास बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न लगेका थिए ।
बैंकले पटक पटक ताकेता गर्दा पनि चेक बराबरको रकम जम्मा नगरेपछि कृष् िविकास बैंकले उनको खाता कालो सूचीमा समेत राखेको छ ।
कर्णाली विकास बैंकका शाखा प्रबन्धक गोपाल रोकाले बैंकमा रकम नभएपछि पटक पटक रकम जम्मा गर्ने समय माग गरेर समय उपलब्ध गराइएको तर रकम पुरा नभएपछि चेक बाउन्स को प्रक्रियामा अगाडी बढेको बताए ।
सरकारी वकिल कार्यालय मार्फत अहिले मुद्धा अदालतमा पुगेको उनको भनाई छ ।
यता चेक बाउन्स भएका रउफले भने पैसा आफुले नभएर आफु जमानी बसेर अरुले लिएको र साथीको विश्वासमा परेर गुरुङलाई खाली चेक दिएको प्रतिक्रिया दिए ।
आफुले गुरुङ बिरुद्ध अदालतमा किर्ते मुद्धा दिए समेत रउफले बताए ।






