बुटवल,३० भदौ ।
नेपाली कांग्रेस बागलुङका क्षेत्रीय सदस्य पुर्णबहादुर पौडेल समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस भएका छन् ।

राजनीतिसँगै होटल ब्यवसाय तथा बिभिन्न सामाजिक संघ संस्थामा क्रियाशील रहदै आएका पौडेल नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङले समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङले समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरेकोमा पौडेल पनि परेका हुन् ।

बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नं ३ निवासी पौडेल राजनीतिसँगै बिभिन्न सामाजिक संघ संस्थामा रहेर समाज सेवा गर्दै आएका छन् ।

आफ्नो पेशा ब्यवसाय भन्दा राजनीति र समाज सेवालाई प्राथमिकता दिदै आएका पौडेललाई नेपाली कांग्रेस बागलुङले समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेर उनको योगदानको कदर गरेको उनका निकटवर्तीहरुले बताएका छन् ।