पाल्पा,३० भदौ ।
मोटरसाइकल चोरी गरेको आरोपमा पाल्पाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङ बडिगाड १० घर भै हाल रुपन्देहीको कन्चन गाउँपालिका वडा नं. १ बस्ने ३३ वर्षका चेतमान सुनार रहेका छन् ।

पाल्पाको वृन्दावनबाट लु ६४ प ९४२० नम्बरको मोटरसाईकल चोरेर बुटवलतर्फ लैजादै गर्दा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

त्यस्तै तानसेनका गोविन्द भण्डारीको घरबाट भाँडा चोरेको अभियोगमा पाल्पा माथागढीका साजन नेपाली र सुमन नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।