बुटवल,२३ भदौ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटिले आगामी मंसर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा श्रमिक बर्गको प्रतिनित्व अनिवार्य गर्नुपर्ने माग गरेको छ ।

जिफण्टले आगामी मंसर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा श्रमिक बर्गको प्रतिनित्व अनिवार्य गर्नुपर्ने माग गर्दै पार्टीलाई ध्यानआर्कषण पत्र बुझाएको हो ।

स्थानीय तहको निर्वाचनमा पनि १० प्रतिशत श्रमिक बर्गको प्रतिनिधित्व हुनुपर्ने माग राखेको जिफन्टले प्रदेश र संघिय निर्वाचनमा पनि उम्मेदवार छनोट गर्दा १० प्रतिशत श्रमिक बर्गका हुनुपर्ने माग राखेर एमाले लुम्बिनी पार्टी कमिटिलाई ध्यानआर्कषण पत्र बुझाएको जिफन्ट प्रदेश कमिटि अध्यक्ष हुमाकान्त काफ्लेले जानकारी दिए ।

उक्त ध्यानआर्कषण पत्र एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कण्डेललाई बुझाइएको जिफन्टले जनाएको छ । नेकपा एमाले श्रमिक बर्गको पक्षमा रहेको भन्दै नामावली सिफारिस देखि उम्मेदवार छनोट गर्दा श्रमिकको प्रतिनिधत्व माग गर्दै प्रदेश अध्यक्ष कण्डेललाई ध्यानआर्कषण पत्र बुझाएको जिफन्ट लुम्बिनीका सचिव सन्तोष केसीले बताए ।

एमालेका केन्द्रीय सदस्य तथा जिफन्टका उपाध्यक्ष कमल गौतम र एमाले श्रम तथा रोजगार विभाग सचिव एवं जिफन्ट उपाध्यक्ष जनक चौधरी जिफण्टको प्रतिनिधीको रुपमा समानुपातिक तर्फ उम्मेदवार सिफारिस भएका छन् ।