बुटवल,२२ भदौ ।
नेपाल गणतान्त्रिक यातयातव्यवसायी संगठन लुम्बिनी प्रदेशको आज बुटवलमा सम्पन्न प्रथम भेलाले प्रदेश कमिटी चयन गरेको छ ।
भेलाले रामचन्द्र भुसालको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको जनाइएको छ ।
समतिको उयाध्यक्षमा रवि प्रसाद कर्मचार्य, सचिवमा जितेन्द्र खत्री र कोषाध्यक्ष मा महेन्द्र भुसाल सहित ११ जना सदस्य सहितको समिति चयन गरेको हो ।
कार्यक्रममा नेपाल गणतान्त्रिक यातयात व्यवसायी संगठनका केन्द्रिय अध्यक्ष डोलनाथ खनाल नेकपा माओवादीका रुपन्देही अध्यक्ष नारायण जिसी, सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठ, पुरुषोतम सिमखडा, कान्छाराम थिङ, रुपकलाल श्रेष्ठ लगायतले यातयात व्यवसायीले भोग्नु परेको समस्याका वारेमा आ आफ्नो भनाई राखेका थिए ।






