बुटवल,२२ भदौ ।
समाजमा सामाजिक जवाफदेहिता र सदाचार कायम गर्ने बिषयमा सबैले चासो देखाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था पारदर्शी सरोकार समूह बुटवलद्धारा बुधबार बुटवलमा आयोजित सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य,गैरसरकारी संस्था आचार–संहिता सम्बन्धी छलफल कार्यक्रममा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टर अध्यक्ष पद्यिनी प्रधानाङ्गले समाजमा सामाजिक जवाफदेहिता र सदाचार कायम गराउने कार्य कुनै एक अमुक संस्थाबाट मात्रै सम्भव नभएको भन्दै त्यसका लागि सबै सचेत हुनुपर्ने बताइन् ।

कुनै एक संस्थाले भन्दैमा सार्वजनिक क्षेत्रमा विद्यमान अराजकता अन्त्य हुन नसक्ने भन्दै अध्यक्ष प्रधानाङ्गले त्यसका लागि अभियान चलाउनुपर्ने बिचार ब्यक्त गरिन् ।

पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका केन्द्रीय सदस्य महेन्द्रनारायण श्रेष्ठ,गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य गोविन्द प्रसाद रेग्मी, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टर कार्यालयका अधिृत बिनोद भट्टराई,मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई,इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसी, पारदर्शी सरोकार समूह बुटवलका उपाध्यक्ष लालहरी पाण्डे,सचिब दीपक ढकाल लगायतले आ आफ्नो भनाई राखेका थिए ।