नवलपुर,२१ भदौ । प्रहरीले नवलपरासीबाट एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) काे प्रहरी टोलीले गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जंगलबाट अवैधरूपमा भित्र्याउँदै गरेको एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ना ३ ख ५१६८ नम्बरको ट्रकबाट १ करोड २६ हजार नौ सय ९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद भएको हो ।

ट्रकमा लुकाएर ल्याइएको बिलविनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएका सामान र ट्रक चालकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको पनि पाठकले बताए ।

­