बुटवल,२० भदौ ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा रात्रिकालिन बजार सञ्चालन गर्ने बिषयमा छलफल भएको छ ।
रात्रिकालिन बजार सञ्चालन गर्दा आवस्यक सूरक्षाको प्रवन्ध मिलाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका पुर्व अध्यक्ष माधव नेपाल,बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री,वडा नं ४ का अध्यक्ष नरिश्वर पौडेल,वडा नं ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठ,नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल,उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी,होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीका महासचिब माधव कुमार खनाल,बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्टराई लगायतले आ आफ्नो भनाई राखेका थिए ।
बुटवलको कालिका पथ र अमर पथ क्षेत्रमा रात्रिकालिन बजार सञ्चालन गर्ने प्रस्ताव गर्दै बुटवल उद्योग बाणिज्य संघले यसको अगुवाई गर्दै आएको छ ।






