बुटवल,२० भदौ ।
थारु समुदायको महान पर्व बड्का आइतबार (अट्वार ) को अवसरमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आइतबार बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्ने सहभागिहरुले नेपाल बहुजाती र बहु सास्कृतिकक मुलुक भएको भन्दै कुनै पनि समुदायको चाड पर्वलाई साझा पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिए ।
आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सनु थापाको सभापतित्व र फोनिजका केन्द्रीय उपाध्यक्ष सरु रानाको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदान–प्रदान कार्यक्रममा थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरी,थारु अगुवा रेखा प्रसाद चौधरीले थारु समुदायले मनाउने बड्का आइतबार लगायतका चाड पर्वको महत्व र थारु संस्कृतिको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनाल,फोनिज लुम्बिनी प्रदेश कोषाध्यक्ष सञ्जय गुरुङ,नेपाल तामाङ घेदुङ रुपन्देहीका अध्यक्ष सम्भु मोक्तान,पत्रकार एनबि कंडेल,फोनिज रुपन्देहीका सचिब राज चौधरी लगायतले सबै समुदायले मनाउने चाड पर्व तथा संस्कृतिको आ आफ्नै महत्व रहेको भन्दै त्यस्ता चाड पर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
बड्का आइतबार (अट्वार ) को अवसरमा आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका सहित थारु बाहुल्यता रहेका स्थानीय तहले सार्वजनिक विदा दिएका थिए ।






