पोखरा,१९ भदौ ।
पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ ।
पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरेको हो ।
१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।
इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेकाे उनलेे बताए ।
सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीकाे भनाइ छ ।






