बुटवल,१८ भदौ ।
लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणका लागि भएको टेण्डर प्रक्रियासँग सम्बन्धित कागजपत्र झिकाउने निर्णय गरेको छ ।
आज बसेको समितिको बैठकले प्रदेश पुर्वाधार विकास प्राधिकरणसँग लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणका लागि भएको टेण्डर प्रक्रियासँग सम्बन्धित कागजपत्र झिकाउने निर्णय गरेको समिति सचिब सम्झना शर्माले जानकारी दिइन् ।
बैठकले लुम्बिनी प्रदेशको बेरुजु फस्र्यौट सम्बन्धमा यही भदौ २८ गते प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सहित सबै मन्त्रीहरु, मन्त्रालयका सचिबहरु र महालेखापरिक्षकको कार्यालयका अधिकारीहरुबीच अन्तरक्रिया कार्याक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।
समितिका सभापति विष्णुप्रसाद पन्थीको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्य समेत रहेका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ,रमा अर्याल,विमला शर्मा पन्थीले आ आफ्नो भनाई राखेका थिए ।
अस्पतालको भवन निर्माणका लागि टेण्डर प्रक्रियामा सहभागि हुन आवस्यक सर्तको बिषयमा असन्तुष्टि जनाउदै एक निर्माण ब्यवसायीले उच्च अदालत तुल्सीपूर,बुटवल इजलासमा रिट दायर समेत गरेका छन् ।






