बुटवल,१६ भदौ । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी पर्व मनाइँदैछ । नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी आज ऋषि पञ्चमी मनाउँने गर्दैछन् ।
ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत दान गर्छन् ।
काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लागेकाे छ ।






