बुटवल,१३ भदौ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीर बहादुर रानाले मन्त्रालय तथा कर्मचारीहरुले गर्ने कामले जनतालाई छुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन ।
साेमबार उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय लुम्बिनीको प्रथम वार्षिकउत्सव तथा प्रदेश जलस्रोत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रानाले जनता नै सर्वोपरि रहेको बताउदै जनताले प्रदेश सरकाकाे अनुभुती हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । कर्मचारी तथा नेता र मन्त्री पनि भविष्यमा जनतानै बन्नुपर्ने भएकोले आफ्नैलागी जसरी काम गर्न उनको आग्रह छ ।
पहिले मन्त्रालयको एक महाशाखाको रुपमा रहेको उर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रकाे विकास गर्ने उदेश्यले छुट्टै मन्त्रालयको रुपमा स्थापना गरिएको बताउदै उनले सिमित स्रोतसाधनकाे समसचित उपयोग गरि जनतालाई अधिकतम सेवा प्रदान गर्न कर्मचारीहरूलाई आग्रह गरे ।
मुलुकमा ब्यवस्था परिवर्तन भए पनि काम गर्ने पुरानो शैली र
प्रबृत्ति नबदलिएका कारण जनताको जिवनस्तर नबदलिएकाे भन्दै मन्त्री रानाले काम गर्ने पुरानो शैली र प्रबृत्ति परिवर्तन गर्नुपर्नेमा जाेड दिए ।
राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठले मन्त्रालयबाट उत्कृष्ट सेवा प्रदान गर्दै जनतालाई सहज हुने काम गर्नुपर्ने आवश्यकता औल्याए । ।
उनले जनताको हितको लागि कामहरू गर्नुपर्ने बताउदै जनताको चाहाना अनुसारका कामहरू गर्न सकेमा प्रीय बन्न सक्ने भन्दै कृषकहरु एव जनतालाई उत्साह प्रदान हुनेगरी काम गर्न आग्रह गरे ।

कार्यक्रममा मन्त्रालयले वार्षिक प्रतिबेदन समेत सार्वजनिक गरिएको थियो। मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा २६५८ हेक्टर थप जमिनमा सिंचाइ सुविधा विकास गरिएको जनाएको छ।
लुम्बिनीमा १२०१७ हेक्टर जमिनमा सिंचाइ सुविधा थप भएको मन्त्रालयले जारी गरेको वार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ। साथै मन्त्रालयले ७९९७ हेक्टर जमिनको सिंचाइ संरचना सुदृढीकरण गरिएको ,३७० हेक्टर खेतीयोग्य जमिन तटवन्धबाट उकास भएको, ५१६४ घर तथा ११११ हेक्टर खेतियोग्य जमिन तट्बन्ध गरि सुरक्षित गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ।

बार्षिकाेत्सवकाे अवसरमा मन्त्रालयले उत्कृष्ट कर्मचारीकाे रुपमा उर्जा जलस्राेत तथा सिचाई सवडिभिजन कार्यालय पुर्वी रुकुममा कार्यरत कार्यालय प्रमुख याेगेन्द्र महताे र उत्कृष्ट कार्यलयकाे रुपमा जलस्राेत तथा उर्जा डिभिजन कार्यालय रुपन्देहीलाई सम्मान गरेकाे छ ।
त्यस्तै गुमानखाेला कालीजंग सिचाई उपभाेक्ता समिति राेल्पा, माकर डिप ट्युवेल जलउपभाेक्ता समिति वर्दघाट नवलपरासी र प्रगन्ना वर्कनापथ कुलाे सिचाई आयाेजना दाङलाई उत्कृष्ट उपभाेक्ता समितिकाे रुपमा ८ हजार रुपैंया नगद पुरस्कार सहित सम्मान गरेकाे छ ।
मन्त्रालयका सचिव दिपक घिमिरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्रालयका जलस्रोत तथा सिंचाइ विकास महाशाखा प्रमुख ध्रुव राज पाैडेल,प्रशासन महाशाखा प्रमुख रमेश गाैतम,पुरस्कृत कर्मचारी याेगेन्द्र महताे,पुरस्कृत उपभोक्ता महदत्त सुवेदी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।