पाल्पा,४ भदौ ।
नेपालले अंग्रेजलाई हराएको सम्झनामा आज पाल्पाको तानसेनमा भगवती रथयात्रा मनाइएको छ ।
वि सं १८७१ मा नेपाली सेनाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा जिल्ला सदरमुकाम तानसेनमा भगवती रथयात्रा निकालिएको हो ।
कोरोना महामारीका कारण विगत दुई वर्षदेखी प्रभावित भएको रथयात्रा आज हर्षोल्लासकासाथ निकालिएको हो । तानसेनको बीच भागमा रहेको भगवती मन्दिर परिषरबाट भगवतीको प्रतिमूर्र्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गर्दै बजार परिक्रमा गराइएको हो ।
श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन भगवतीको रथयात्रा (जात्रा) निकाल्ने प्रचलन रहेको छ ।
पाल्पा गौडामा तैनाथ तत्कालिन नेपाली सेनाका कर्णेल उजीरसिंह थापाले नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएपछि जात्रा निकाल्ने प्रचलन सुरु भएको हो ।
पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ ।
विसं १८७६ देखि भगवति जात्रा मनाउन सुरु गरिएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए ।
शनिबार दिउँसोसाइतमा भगवतीको रथ उठाई नेपाली सेनाले सलामी दिएपछि रथ यात्रा निकालिएको हो । रथलाई तानसेनका सबै चोकहरुमा पु¥याई हर्ष बढाईका साथ पून मन्दिरमा ल्याएर भित्राउने गरिन्छ ।
रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि वीर बहादुर रानाले नेपालले अंग्रेजलाई हराएको विरताको प्रतिकका रुपमा जात्रा मनाईएको बताए । मन्त्री रानाले ऐतिहासिक जात्रा विजयउत्सवका रुपमा रहेकोले नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको बताए ।
श्री रणउजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग छ । कुमाउ–गडवाल, मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाई भएको थियो । पाल्पामा २ सय ४ वर्षदेखी निरन्तर रुपमा भगवती रथयात्रा निकालिदै आएको छ ।






