पाल्पा,४ भदौ ।
आज पाल्पाकाे तानसेनमा ऐतिहासिक तथा धार्मिक महत्त्वकाे भगवती जात्रा मनाईँदै छ । वि.सं. १८७१ मा नेपाल अंग्रेज युद्धमा नेपाली फैजले अंग्रेजलाई हराएको थियो । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवतीको रथको प्रतिमूर्ती निकालि सिन्दूरजात्रा गर्ने प्रचलन रहेको छ ।
श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेनमा सिन्दूरजात्रा निकाल्ने परम्परा रहि आएको छ ।
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेजफौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईन्छ ।
जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ । तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गरिएको हो । शक्तिशाली अंग्रेज सेनालाई युद्धमा जितेको सम्झनामा वि.सं. १८७६ देखि भगवति जात्रा मनाउन सुरु गरिएको हो । रथयात्रा तानसेनका सबै चोकहरुमा पु¥याई पूनः मन्दिरमै फर्काइने गरिन्छ ।
जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गर्ने परम्परा रहि आएको छ । जात्राको अघिल्लो दिन श्रीकृष्णाष्टमीको रातभरि जाग्राम बसेर भगवतीको महिमा गाईन्छ । राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । जिल्ला सदरमुकाम तानसेनको मध्य भागमा रहेको रणउजिरेश्वरी भगवतीको जात्रा जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो ।
नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्री रणउजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग पनि छ । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाई भएको थियो । ती मध्ये जीतगढीमा मात्र नेपाली फौजले विजयी हाँसिल गरेको खुशीयालीमा कर्णेल उजिरसिंहले भगवतीको मन्दिर बनाएर भगवती रथयात्रा (सिन्दूर जात्रा) सुरू गराएका हुन् ।






