बुटवल,१ भदौ ।
लुम्विनी प्रदेश सार्वजनिक लेखा समितीले बिपन्न तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहलाई सहज बनाउन बैंक तथा बित्तिय संस्थाहरुलाई आग्रह गरेको छ ।
बुधबार प्रदेश सभामा आयोजित लुम्विनी प्रदेश स्तरीय बैंक तथा बित्तिय संस्थाका कार्यालय प्रमुखहरुसँगको छलफलमा सार्वजनिक लेखा समितीका सभापती बिष्णु पन्थीले बिपन्न तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहलाई सहज बनाउन बैंक तथा बित्तिय संस्थाहरुलाई आग्रह गरेका हुन् ।
बैंकहरुले एक बर्ष सम्म बिना निर्णय फाईल अडकाउने गरेको गुनासो आएको भन्दै उनले उद्यम गर्न चाहने तथा कृषकहरुलाई बिना झण्झट कर्जा प्रवाह गर्न आग्रह गरे ।
समान्य फाईल पनि बैंकहरुले एकबर्ष सम्म अडकाउदा उद्यम गर्न चाहनेहरुमा निराशा छाएको भन्दै सभापती पन्थीले यथासम्भव छिटो निर्णय दिनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्रबैंक भैरहवाकी निर्देशक रन्जना पौडेलले राष्ट्रबैंकले सर्वसाधरणले जम्मा गरेको रकम जोखिम हुन नदिन नितीगत कडाई गरेको भएपनि सहलियतपुर्ण कर्जाका लक्षित बर्गमा हुने कर्जा प्रवाहलाई भने सहज बनाउन निर्देशन दिएको बताईन् ।
सरकारले अगाडी सारेका सहुलियतपुर्ण कर्जासंग सम्वन्धीत कार्यक्रम र तोकिएका क्षेत्रहरुमा लगानीमैत्री बातावरण बनाउन बैंकहरुलाई निर्देशन दिईएको बताउदै पौडेलले त्यसबाट हुनसक्ने जोखिमलाई समेत ध्यान दिनुपर्ने आवस्यकता औल्याईन् ।
कार्यक्रममा लेखा समितीका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, रामजीप्रसाद घिमिरे र रेवतीरमण शर्मा धमकली चौधरीले लुम्विनी प्रदेशमा बैंक तथा बित्तिय संस्थाहरुले गरेको लगानी र त्यसको प्रतिफलको बिषयमा लेखा समितीले चासो दिएको बताउदै गुनासा नआउने गरी लक्षीत बर्गलाई कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय आर्थिक समस्या देखाएर बैंकहरुले सहुलियत पुर्ण कर्जा प्रवाहमा चासो नदिएको, बैदेशिक रोजगारीबाट फर्केर उद्यमशिल बन्न चाहनेहरुलाई कर्जा प्रवाह गर्न कन्जुस्याई गरेको गुनासा आउने गरेको भन्दै लक्षीत बर्गले सहज रुपमा सहुलियतपूर्ण कर्जा प्राप्त गर्नसक्ने वातावरण बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरे ।
छलफलमा नेपाल बैंक लिमिटेडका लुम्विनी प्रदेश कार्यालय प्रमुख लेखनाथ भुसाल, कामना सेवा बैंकका मोहनदत्त खनाल, साईन रेसुंगा डेभलपमेन्ट बैंकका लोकराज पनेरु, कृषि बिकास बैंकका क्षेत्रीय प्रवन्धक राजेश कुमार श्रीवास्तव, प्राईम कमर्सीयल बैंकका कृष्ण प्रसाद अर्याल लगायतले लुम्विनी प्रदेशमा बैकहरुले गरेको सहुलियत पुर्ण कर्जा र बैंकहरुको बर्तमान अवस्था बारे जानकारी गराएका थिए ।
आम जनतामा बैंक तथा वित्तीय साक्षरताको अभाव रहेको भन्दै उनिहरुले वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।






