बुटवल,३० साउन ।
लुटेरा समूहको गाेली प्रहारबाट रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएका छन् ।
रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा गयराती लुटेरा समुहले गुरुङमाथि गोलि प्रहार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समुह द्वारा लुटपाट गरि भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएपछि लुटपाट गर्ने समुहले गुरुङमाथि गोलि प्रहार गरेका थिए । लुटेराहरुले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताईएको छ ।
घाईतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भैरहेको र गोली प्रहार गर्ने समुहको खोजिमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।






