Devotee receiving Rakshya Bandhan by priest during the Janai Purnima as known as Raksha Bandhan at Bagmati River site, Pashupati Temple in Kathmandu on Saturday, August 29, 2015. Photo: Dipesh Shrestha/Nagarik/Republica

काठमाडौं,२५ साउन ।
नेपाल पञ्चाङ निर्णयक समितिले यस बर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा साउन २७ गते शुक्रबार एकै दिन मनाउन उपयुक्त हुने बताएको छ ।

२७ गते शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले आग्रह गरेको छ ।

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिको भनाई छ ।

यसअघि २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४, १९९४ सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको समितिले स्मरण गराएको छ ।