बुटवल, २५ साउन ।
तिलोत्तमा नगरपालिका वडा नं ४ मा राधाकृष्ण टोलमा रहेको ढाई विगाहा पुर्खौली जग्गालाई सदुपयोग गरेर २६ वर्षिय युवा ब्यवसायी आवास बन्जाडेले आईएनजिए सपिङ कम्प्लेक्स एनजी मार्केट शुरु गरे ।

स्वदेशमै ब्यवसायबाट नाम र दाम कमाउने सपना बुनेका उनि धेरै मेहनत गरेका छन । ब्यापारिक नगरका रुपमा विकास भैरहेको बुटवल, तिलोत्तमा र भैरहवाका उपभोक्तालाई लक्षित गरि सपिङ कम्प्लेक्स शुरु गरेका हुन । सपिङ कम्प्लेक्समा करिब १ अर्ब लगानी भैसकेको उनले बताए । चार महिना अघि सफ्ट ओपनिङ गरेर उपभोक्ताको माग र आवश्यकता बुझ्ने अवसर पाएको उनले बताए । कम्प्लेक्समा खाद्यान्न, कपडा, प्लाष्टिक वेयर, गिफ्ट आईटम लगायत सबै प्रकारका घरायसी सामाग्रि उपलब्ध रहेको छ । यसैगरि सैलुन, ईलेक्ट्रिक आईटम, बुटिक, फर्निचरका शोरुम समेत अन्तिम चरणमा रहेको उनले बताए ।
डिपार्टमेन्ट स्टोरमा अर्गानिक भेजिटेबल, गार्मेन्ट्रस, सास्कृतिक, क्याजुअल कपडा लगायत सबै रहेका छन । माथिल्लो तलामा २५ सय स्क्वायर फुटमा युनिसेक्स सैलुन र बुटिक, स्पा, फेसियलका सेवा दिने ब्यवस्था छ । यसैगरि परिवारसंग सपिङ गर्न आउनेलाई लक्षित गरि चिल्ड्रेन गार्डेन, आकर्षण र स्वादयुक्त क्याफे, रेष्टुरेन्टको राम्रो ब्यवस्थापन गरिएको छ । रेष्टुरेन्टसंगै पार्किङको ब्यवस्थापन रहेको छ ।
नेपालीहरुको चाडपर्वहरुमा सपिङ गर्न आउने ग्राहक वर्गलाई लक्षित गरि विशेष योजनासमेत ल्याउने तयारी गरेको उनले बताए । सबैभन्दा अगाडि रहेको २५ हजार स्क्वायर फुटमा आकर्षक फनिर्चर स्वरुम तयार गरिरहेको उनले बताए । एउटा घर निर्माण गर्दा त्यसमा फर्निचरको सबै ब्यवस्थापनबारे जानकारी दिइने संचालक नारायण बन्जाडेले बताए ।
भारतिय बजारभन्दा नेपालमै सस्तो बजार रहेको दाबी गरे । सिमा क्षेत्रमा गएर दुख र सास्तीलाई भुलेर स्वदेशमा नै सहज रुपमा बजार गर्ने व्यवहार सिकाउने थलोका रुपमा यो रहेको उनले बताए ।






