बुटवल,२३ साउन । लुम्बिनी प्रदेश सभाको कृषि,वन तथा वातावरण समितिले
लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तरगतका निर्देशनालय तथा जिल्ला तहका कार्यालयका प्रमुखहरू संग वन तथा वातावरण संरक्षण,संवर्द्धन,सदुपयोग तथा बन्यजन्तुको दृन्द न्यूनिकरण सम्वन्धी, विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएकाे छ ।
आज बसेकाे समितिकाे बैठकमा वन तथा वातावरण मन्त्रालयको गत आ.व. २०७८।०७९ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको कार्यान्वयन (वार्षिक लक्ष्य प्रगती ) विषयमा छलफल पछि समितिले उक्त निर्देशन दिएको हो ।
समितिका सभापति जाल्पा भुसालको सभापतित्वमा बसेकाे बैठकमा समिति सदस्य समेत रहेकी पुर्व मन्त्री आरती पाैडेल,
समिति सदस्य अष्टभुजा पाठक,कुल प्रसाद पाेखरेल,दीपेन्द्र कुमार पुन,कबिराम थारू,लाैटी थारूले जंगलमा काठ कुहिएर जाने,बिदेशबाट अर्बौंकाे काठ आयात भएको भन्दै स्वदेशी काठ उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जाेड दिएका थिए ।

बैठकले कृषि वन तथा वातावरण समितिको क्षेत्रधिकार भित्र पर्ने निकायहरूको आ.व.२०७८।०७९ मा सम्पादित कार्यक्रमको २०७९ भाद्र महिनाको पहिलो हप्ता भित्र दुइ वटा टोली बनाई अनुगमन गर्ने निर्णय गरेको समिति सभापति जाल्पा भुसालले जानकारी दिइन् ।