बुटवल,२० साउन ।
नेपाल अडिटर्स एशोसियसन रुपन्देहीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी १७ औं स्थापना दिवस मनाएको छ ।
एशोसियसन रुपन्देहीका अध्यक्ष राम प्रसाद पौडेलको सभापतित्व र आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुव प्रसाद पाण्डे,आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डे,एशोसियसनका केन्द्रीय उपमहासचिब साबित्री शर्मा,केन्द्रीय सदस्य नारायण प्रसाद घिमिरे,बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्टराई,रुपन्देही उद्योग संघका महासचिब हरी खत्री,पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई,आइक्यान बुटवल च्याप्टरका शिवहरी सुवेदी,एशोसियसनका निवर्तमान अध्यक्ष छवी पोखरेल,धनिश्वर अर्याल,होम बहादुर मल्ल,कृष्ण प्रसाद न्यौपाने लगायतले आ आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा केक काटेर शुभकामना आदान पदान गरिएको थियो ।






