बुटवल,११ साउन ।
बुटवल उपमहानगरपालिकाले करका दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९÷०८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल,इरिक्सा, हाटबजार बैठकी कर लगायतमा लाग्दै आएको करको दर घटाएको हो ।
यी करका दर यही साउन १ गतेदेखि लागू भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ । यसअघि १० हजार रुपैयाँ घरबहाल लिनेले १ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा अब ९ सय रुपैयाँतिरे पुग्ने छ ।
सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार १ सय रुपैयाँदेखि ४९ हजार ५ सय रुपैयाँसम्म कायम गरिएको छ । ५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्तिभएमा १ सय रुपैयाँ र ५ करोडदेखि माथि भएमा प्रति हजारको २ रुपैयाँका दरले सम्पत्ति कर तिनुपर्ने छ ।
यस्तै, इरिक्साव्यवसायीले यसअघि रुट परमिट र नवीकरण बापत् ५ सयका दरले १ हजार रुपैयाँतिर्दै आएकोमा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले जानकारी दिए ।
उनकाअनुसार चालु आर्थिक वर्षकोमंसिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ ।
यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत् १३० रुपैयाँतिर्दै आएकोमा मंसिरदेखि १ सय १५ रुपैयाँर १ सय रुपैयाँतिर्ने तरकारी पसलले ९० रुपैयाँतिरे पुग्ने उनले बताए ।
यस्तै,महिला, अल्पसंख्यक र अपांगताभएकाव्यक्तिले सञ्चालन गरेकाव्यवसायकालागिलाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ ।
यस्तै, सडक विस्तारकाकारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका राजमार्ग चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन् ।
ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुलीगर्दा सम्पत्ति मूल्यांकनमा ७५ प्रतिशत छुट गरिने भएको छ ।
यस्तैगरी, नागरिकता, अपांगता, जेष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिश दस्तुर निशुल्क गरेको ज्ञवालीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिक माथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले राजस्व परामर्श समितिको सिफारिश अनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताए । यसअघि ७१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५३ करोड रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले बताए ।
करको दर घटाएसँगै हाटबजारदेखी सडक पिडितसम्मलाई राहत मिल्ने उपमहानगरपालिको बिश्वास छ ।






